२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

त्रिवि रेक्टरको कार्यकक्ष तोडफोड

Nada
२०८१ फागुन २३ गते १८:३२
Shares
त्रिवि रेक्टरको कार्यकक्ष तोडफोड

काठमाडौं : सत्तारुढ दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । 

ncell

शुक्रबार नेविसंघका कार्यकर्ताहरू आफ्नो कार्यकक्षमा तोडफोड गरेको रेक्टरले केसीले जानकारी दिए । केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको हो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको छ ।

विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनले बताए । केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् ।
 

सम्बन्धित खबर