२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

आगालागी हुँदा घर जलेर नष्ट, लाखौंको क्षति

Nada
२०८१ फागुन २३ गते १८:३०
Shares
आगालागी हुँदा घर जलेर नष्ट, लाखौंको क्षति

नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ३ सेखुवनामा बिजुलीको सर्ट सर्किटबाट आगलगी हुँदा सेखुवना गाउँका ५ जना दाजुभाइको घर जलेर नष्ट भएको छ । आगलागीबाट रु २७ लाखभन्दा बढीको क्षति भएको छ ।  

ncell

स्थानीय सहजाद अन्सारी घरभित्र भएको विद्युतीय बोर्डबाट भएको सर्ट सर्किटले एक्कासी बोर्ड बल्दा घरमा आगो लागेको हो । सहजादसहित हदिस कासिम, नुरमोह्मद, सइआलम, अफताबको घर जलेर नष्ट भएको छ ।

आगलगीबाट करिब २७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सम्बन्धित खबर