२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : मन्त्री राणा

shivam cement
मध्यान्ह
२०८१ फागुन २० गते १९:२४
परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : मन्त्री राणा

भैरहवा : परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताएकी छन् ।

नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा मंगलबार आयोजित बोल्दै उनले भनिन्, ‘अहिले विदेशमा नेपालीहरू यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरूको उद्धार गर्नेजस्तो मात्र भएको छ ।’

मन्त्री राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम कठिन भएको पनि बताइन् ।
अहिले विभिन्न ४० देशमा मात्र नेपाली राजदूताबास रहेका तर नेपाली भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री राणाले नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्ने बारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन् ।

बंगलादेशको उदाहरण दिँदै उनले भनिन्, ‘जस्तो कि बंगलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरूलाई १÷२ दिनमै नेपाल ल्याइहाल्नु प¥यो भन्ने जस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूताबासमा रहेको सीमित जनशक्तिले समन्वय ग¥यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौं ।’

मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रूपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै महिलाहरू ती देशमा पुगिरहेको पाइएको भन्दै उनले समस्यामा परेका बेला उद्धारका लागि अप्ठेरो पर्न सक्ने बताइन् ।

त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको र यसबाट आगामी दिनमा केही सहज हुने उनले बताइन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise