२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

उपरथीमा पदोन्नति भएका जिसीलाई दर्ज्यानी चिह्न प्रदान

Nada
२०८१ फागुन १९ गते १७:४३
Shares
उपरथीमा पदोन्नति भएका जिसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

ncell

सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले उनलाई १२ फागुनमा  उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त गरिएको थियो ।

सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा। कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर