२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

राजापुरमा भोलिदेखि थारू साहित्य राष्ट्रिय सम्मेलन

shivam cement
२०८१ फागुन १४ गते १६:४२
राजापुरमा भोलिदेखि थारू साहित्य राष्ट्रिय सम्मेलन

काठमाडौं : थारू लेखक संघ नेपाल तथा जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजना एवं राजापुर नगरपालिका तथा युनिक नेपालको सहकार्यमा बर्दियास्थित राजापुर–२, जोतपुर गाउँमा बिहीबारदेखि ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन १९ फागुनसम्म चल्नेछ ।

कार्यक्रममा ८ वटा छलफल सत्र राखिएको तथा उद्‍घाटन सत्रलाई बोझिलो नबनाउन यसपाटक कसैलाई प्रमुख अतिथि नतोकिएको थारू लेखक संघ नेपालका अध्यक्ष डा. कृष्णराज सर्वहारीले बताए । 

कार्यक्रमको प्यानल छलफलमा राजापुर नगरपालिकाको शिक्षा यात्रा शीर्षकमा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु राजेश, पूर्व जिशिअ जीत बहादुर शाह, पूर्व प्रधानाध्यापक किरण आचार्यसँग युवक माविका प्रधानाध्याकप नरेश कुमार थारूले बहस चलाउने छन् ।

त्यस्तै पूर्वमन्त्री डा. गोपाल दहित, लुम्बिनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारू कबिरसंग अधिवक्ता सन्तराम धारकटुवा थारुले विकास र बाधा शीर्षकमा छलफल गर्नेछन् । 

उता, संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवती प्रसाद चौधरीसँग रेडियो गुर्वावाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारु महाभारत)का पात्रबारे सेसन चलाउँदैछिन् ।

जनयुद्धमा सबैभन्दा बढी बेपत्ता पारिनेमा बर्दियाको थारु समुदाय रहेको छ । यसै प्रसंगमा संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नगर प्रमुख दिपेश थारु राजेश र द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारुसँग अध्येता शेखर दहितले बहस गर्नेछन् । 

थारू लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका शीर्षकमा डा. गोपाल दहित, प्रिम बहादुर थारुसँग डा. कृष्णराज सर्वहारीले बहस गर्नेछन् भने साहित्यको लागि एक कप चिया अभियानबारे सोम डेमनडौरा, मोहन चौधरी, शेखर दहितसँग सानु चौधरीले छलफल गर्नेछिन् ।

त्यस्तै ठुम्रार बसघरा बाटचिट शीर्षकमा बुद्धसेन चौधरी, उन्नती चौधरी, शत्रुघन चौधरीसँग बालिका चौधरीले छलफल चलाउनेछिन् । कार्यक्रमको आकर्षण निर्देशक प्रदिप भट्टराई तथा कलाकार, निर्माता रविन्द्रसिंह बानिया रहेका छन् । उनीहरूसँग निर्देशक सुरजदेवले सिनेमा के बन्यो, के बनेन शीर्षकमा बहस चलाउनेछन् । बालाबजारमा गजल साँझ पनि गरिने छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर