२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत

Nada
२०८१ फागुन १३ गते १३:१८
Shares
राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत

पोखरा : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपाल कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

ncell

नयाँ कार्यसमितिमा उपाध्यक्ष वसन्त शेर्पा, सचिव प्रेम थापा, सहसचिव माधव पोखरेल, कोषाध्यक्ष गणेश बज्रलामा चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल निर्वाचित भएका छन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थालाई अझ सशक्त बनाउन अग्रज फोटो पत्रकारहरूसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा राधिका कँडेलले फोटो पत्रकारहरूको हकहित र अधिकारका लागि संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी नयाँ वर्षको अवसर पारेर संस्थाको भित्तेपात्रो प्रकाशन, फोटो पत्रकारहरूको प्रोत्साहनका लागि विभिन्न पुरस्कारहरूको स्थापना तथा पोखरामा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने योजना रहेको जानकारी गराए । साथै श्रेष्ठले उक्त फोटो प्रदर्शनी सफल बनाउन सबैको सहयोगको अपेक्षा राखे ।

ताजा खबर

सम्बन्धित खबर