२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

महाशिवरात्रीमा ४ हजार स्वयंसेवक र ८९० जना ट्राफिक प्रहरी खटाइने

Nada
२०८१ फागुन १२ गते १५:४६
Shares
महाशिवरात्रीमा ४ हजार स्वयंसेवक र ८९० जना ट्राफिक प्रहरी खटाइने


काठमाडौंः शिवरात्रीका दिन पशुपतिमा ४ हजार जना स्वयंसेवक खटाइने भएको छ । यस वर्ष फागुन १४ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ४१ स्वयमसेवी संस्थाहरूका ४ हजार  स्वयंसेवक खटाइने पशुपति क्षेत्रविकास कोषले सोमबार पत्रकार सम्‍मलेन गर्दै जानकारी दिएको हो । 

ncell

‘दर्शन, लाइन सहजीकरणका लागि नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दु युवा परिषद लगायतका ४१ स्वयमसेवी संस्थाहरूका स्वयमसेवीहरू परिचालन हुनेछन्’, महाशिवरात्रि प्रचारप्रसार तथा साजसज्जावट व्‍यवस्था उपसमितिका संयोजक राजु खत्रीले सम्मेलनमा बोल्दै भने । उनले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको पनि जानकारी दिए ।

यस्तै, सो समयमा पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत-जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ८९० जना  ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले प्रहरी नायब उपरीक्षक अपिलराज बोहराको कमाण्डमा ८९० जना ट्राफिक प्रहरी खटाएको हो । 

यसका साथै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरूको पार्किङका लागि तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा, बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करका लागि र कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।

ताजा खबर

सम्बन्धित खबर