२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

Nada
२०८१ फागुन ९ गते १८:०५
Shares
बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

काठमाडौंः सूचना तथा प्रसारण विभागले लाइसेन्सरअनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।

ncell

विभागले आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएर मात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ । विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जिपीएस ट्र्याकलगायत रेडियो उपकरण अवैध बिक्री वितरण भइरहेको गुनासो आएकाले कानुन पालना गराउन सूचना जारी गरिएको बताए ।

ताजा खबर

सम्बन्धित खबर