२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

shivam cement
मध्यान्ह
२०८१ फागुन ९ गते १८:०५
बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

काठमाडौंः सूचना तथा प्रसारण विभागले लाइसेन्सरअनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।

विभागले आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएर मात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ । विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जिपीएस ट्र्याकलगायत रेडियो उपकरण अवैध बिक्री वितरण भइरहेको गुनासो आएकाले कानुन पालना गराउन सूचना जारी गरिएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise