२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कर्मचारीलाई कुटपिट गर्ने वडा अध्यक्षलाई कारबाही नगरे कामकाज ठप्प पार्ने चेतावनी 

Nada
२०८१ फागुन ६ गते १८:०४
Shares
कर्मचारीलाई कुटपिट गर्ने वडा अध्यक्षलाई कारबाही नगरे कामकाज ठप्प पार्ने चेतावनी 

काठमाडौँ : रुपन्देही जिल्लास्थित रोहिणी गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई वडा नं. २ का अध्यक्ष करम हुसेनले हातपात गरेको घटनाप्रति रुपन्देहीका क्रियाशील सबै ट्रेड युनियनहरूले विरोध जनाएका छन् । २०८१ साल फागुन ५ गते गाउँपालिकाको बैठकमा आफ्नो विचार राखिरहेका घिमिरेमाथि हातपात भएको थियो । 

ncell

कर्मचारीले गल्ती कमजोरी गरेको भए कानूनी कारबाही गर्ने/गराउने विभिन्न उपायहरू हुँदाहुँदै निर्वाचित जनप्रतिनिधिबाट नै राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार तथा हातपात हुन अत्यन्तै दुःखद एवम् आपत्तिजनक विषय भएकोले कानुन हातमा लिने वडा अध्यक्ष हुसेनलाई हदैसम्मको कारबाही गर्न संयुक्त विज्ञप्तिमार्फत माग गरिएको छ ।

साथै सबै कार्यालयमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरूले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावरण बनाउन समेत माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर