२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

गजल

Nada
२०८१ फागुन ३ गते ०६:०५
Shares
गजल

-नारायण नेपाल

ncell

म अब भर कसैको पर्न चाहन्नँ बिन्ती
जहर पनि नपाई मर्न चाहन्नँ बिन्ती

वरपर जन को छन्, जान्न बाँकी रहेन
अभिनय नबुझेको गर्न चाहन्नँ बिन्ती

बगरबगर आशा रोपियो, त्यो फलेन
दिलसित भ्रम आफ्नै छर्न चाहन्नँ बिन्ती

जति छ मसँग आफ्नो त्यै सहारा छ काफी
लहर रहर पक्री तर्न चाहन्नँ बिन्ती

बरु तन पनि छोडी बाफझैं उड्छु माथि
तर कर तल थापी झर्न चाहन्नँ बिन्ती !

ताजा खबर

सम्बन्धित खबर