२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

‘लाज शरणम्’को गीतमा बालेनले दिए स्वर (भिडियोसहित)

shivam cement
२०८१ माघ २८ गते १७:२६
Shares
‘लाज शरणम्’को गीतमा बालेनले दिए स्वर (भिडियोसहित)

काठमाडौं : चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले सोमबार सार्वजनिक गरेको हो ।

‘नेपाल हाँसेको...’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।
गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ ।

बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलो पटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।

यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ । बालेनको लोकप्रियताजस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ ।

१४ फागुनमा महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगो नि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगो नि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यो चलचित्र यो वर्षकै प्रतिक्षित मध्येको एक हो ।

सक्किगो नि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा छन् ।
 


सम्बन्धित खबर