२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कतारमा कन्दरा ब्यान्ड सम्मानित

Nada
तिलु शर्मा पौडेल
२०८१ माघ ३ गते १८:५०
Shares
कतारमा कन्दरा ब्यान्ड सम्मानित

दोहा, कतार : ‘पहिला घरदेश अनि परदेश’को नारासहित आफ्नो विश्व सांगीतिक यात्रा सुरु गरेको नेपालको स्थापित लोक पप ब्यान्ड कन्दरा कतारमा सम्मानित भएको छ । बुधबार साँझ गण्डकी प्रदेश समन्वय परिषद् र कास्की आदर्श समाज कतारले एक कार्यक्रमको आयोजना गर्दै ब्यान्डलाई सम्मान गरेका हुन् । कन्दरा ब्यान्डलाई खादा, दोसल्ला, मायाको चिनोसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

ncell

सम्मान ग्रहणपछि बोल्दै ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठले आफ्ना गीतहरूमा पोखरा आसपासका ठाउँहरूलाई प्राथमिकता दिने गरेको बताए । गण्डकी प्रदेश संगीत र साहित्यको संगम रहेको बताउँदै ब्यान्डले पहिलो पटक प्रवासमा क्लबमा कार्यक्रम गर्न लागेकाले आफूहरू दर्शकलाई गीत सुनाउन आएको हुँदा कतारमा रहेका गण्डकीवासीको खास भूमिकाको अपेक्षा गरेको बताए । कन्दराले लिएको मूल नारा आन्तरिक पर्यटन प्रवर्द्धन रहेको हुँदा ब्यान्डले कमब्याक स्वरूप पोखरामा कन्सर्ट गरेसँगै पहिला नेपाल घुमौं त्यसपछि विश्व यात्रा गरौं भन्ने हेतुले ‘पहिला घरदेश अनि परदेश’को नारा लिएर अगाडि बढिरहेको बताए । “ब्यान्डको अभियानलाई गण्डकी परदेश सरकार र पोखरा नगरपालिकाले साथ दिएको छ,” उनले भने ।

उनले पछिल्लो ३२ वर्षदेखि गीत गाउँदै आए पनि कन्दरा ब्यान्डलाई काँधमा बोकेर सदैव जीवित राख्ने ब्यान्डका संस्थापक सुनिल थापाप्रति आभार व्यक्त गरे । श्रेष्ठले प्रवासमा रहेर समन्वय समिति समेत स्थापना गरी सामाजिक लगायताका कामहरू गरेको मा धन्यवाद ज्ञापन गरे । उनले ब्यान्डले पाएको सम्मान नेपाली गीतसंगीत र साहित्यले पाएको भनी बुझ्नुपर्ने बताए । 

परिषद् कतारका कार्यवाहक अध्यक्ष नन्दलाल बिक (अजय)को सभाध्यक्षता तथा परिषद् कतारका संस्थापक अध्यक्ष आशबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेशभित्रका सम्पूर्ण जिल्ला संस्थाहरुको तर्फबाट प्रतिनिधित्व गर्दै कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले स्वागत मन्तव्य राखेका थिए । विभिन्न वक्ताहरूले कन्दरा ब्यान्डको विगतको केही सुस्तताप्रति चिन्ता व्यक्त गर्दै विश्व सांगीतिक यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए । रोशन अर्याल र अर्जुन संग्रौलाले मिलेर कार्यक्रमको सहजीकरण गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर