२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

मलेसियामा घरफिर्तीको अनर्गल प्रचार, ठगीबाट जोगिन मलेसियन अध्यागमनद्वारा सचेत

Nada
तिलोचन गौतम
२०८१ पुष २८ गते ०८:५३
Shares
मलेसियामा घरफिर्तीको अनर्गल प्रचार, ठगीबाट जोगिन मलेसियन अध्यागमनद्वारा सचेत

क्वालालम्पुर, मलेसिया : मलेसिया सरकारले अवैधानिक आप्रवासीको घरफिर्तीको कुनै कार्यक्रम सञ्चालनमा नरहेको बताएको छ । मलेसियामा सरकार बाहिर रहेका दलहरूले हालपनि घरफिर्ती कार्यक्रम जारी रहेको सामाजिक सञ्जालमार्फत  प्रचारप्रसार गरेपछि मलेसियाको गृह मन्त्रालयले विज्ञप्ति मार्फत घरफिर्ती कार्यक्रम संचालन नभएको स्पष्ट पारेको हो । 

ncell

मलेसियन अध्यागमन विभागले एक विज्ञप्ति जारी गर्दै पछिल्लो केही दिनयता सामाजिक संजालहरुमा आरटीके ३.o खुल्नेबारे केही अराजक व्यक्तिहरुले गलत सूचना, अफवाह फैलाइरहेको प्रति ध्यानाकर्षण समेत भएको बताउँदै त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गरिनेसमेत जनाएको हो ।

मलेसियन अध्यागमन विभागका प्रमुख निर्देशक दातोकश्री जाकारिया बिन साबानले विभागले सामाजिक संजालमा भाइरल भैइरहेको आरटीके ३.o खुल्नेबारे खबर झुटो भएको प्रष्ट पार्दै त्यस्तो अफवाह अथवा कुनै अनि एजेन्टको पछि नलाग्न अनुरोध गरेका छन् ।

निर्देशक साबानले स्मरण गराउदै भने, ‘आरटीके २.० सन् २०२३ जुन महिनाको २७ तारिखदेखि सुरु भएर सन् २०२४ को जुन ३० तारिखसम्म चलेको थियो र सो अवधि अहिले पुर्णरुपमा समाप्त भैइसकेको छ । अहिले अथवा भविष्य मा पनि आरटीके ३.o कार्यक्रम खुल्नेबारे निर्णय अध्यागमनले गरेको छैन ।’ यसबारे मलेसियामा कार्यरत कोही कसैलाई पनि भ्रममा नपर्न र ठगीबाट बच्न निर्देशक साबानले अनुरोध गरेका छन् । 

साथै अध्यागमन सम्बन्धि आवश्यक थप जानकारीका लागि मलेसियन अध्यागमन विभागको वेबसाइट अथवा नम्बरमा सम्पर्क गरेर जानकारी लिन सकिने विभागले आग्रह गरेको छ ।

मलेसियाले विदेशी कामदारको नयाँ भर्नाका बारेमा ताजा निर्णय लिनुअघि अवैधानिक अवस्थामा रहेका विदेशी कामदारको वैधानिकिकरणको कामलाई टुंगोमा पुर्‍याउने बताएको छ । रि क्यालिब्रेसन कार्यक्रम २.० कार्यक्रम अन्तर्गत हालसम्म एघार लाख विदेशी कामदारहरू अनलाइन दर्ता गरेको बताएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर