२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जेष्ठ नागरिकलाई न्यानो कपडा

Nada
सरु भुसाल
२०८१ पुष २४ गते २२:१५
Shares
जेष्ठ नागरिकलाई न्यानो कपडा

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले प्रत्येक वर्ष जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा वितरण गर्दैै आएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी अग्रजप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि सम्मान कार्यक्रम आयोजना गरिएको बताए  । 

ncell

भुसालले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबै नागरिकको कर्तव्य रहेको स्पष्ट पार्दै आत्मसम्मान वृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै भुसालले कुनै पनि ज्येष्ठ नागरिक वृद्ध अवस्थामा घर छाडेर वृद्धाश्रम जानु नपरोस्, छोराछोरीले   सम्मानपूर्वक घरमै बस्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने सन्देश दिन वडाले यस्तो कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मण कँडेल, पत्रकार अनिल नेपालीले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा वडाभित्र रहेका ८० वर्ष उमेर पुगेका ६२ जना जेष्ठ नागरिकलाई सम्मानसहित दोसल्ला, मह वितरण गरिएको वडाध्यक्ष चुराबहादुर केसीले बताए । 

सन्धिखर्क नगरपालिकाका ७ का जेष्ठ नागरिकलाई वडाले सम्मान गर्दा आफुहरूलाई निकै खुसी लागेको र स्थानीय सरकार भएको महसुस गरिएको जेष्ठ नागरिक पशुपति ज्ञवालीले प्रतिक्रिया दिए । 

कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली, डुकलाल पोखे्रल, पूर्व सदस्य रामलाल खनाल लगायत जनप्रतिनिधिहरु, स्थानीय बासीहरु, कर्मचारीहरुको  सहभागीता रहेको थियोे । 

वडा सचिव सीता विसी पराजुलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य मिना ज्ञवालीले गरेकी थिइन् । कार्यक्रम वडाध्यक्ष चुराबहादुर केसीको अध्यक्षतामा भएको थियो । 
 

ताजा खबर

सम्बन्धित खबर