२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी

Nada
२०८१ पुष १२ गते १२:५७
Shares
गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

ncell

नेपाल बीउ व्यवसायी संघको २६औं साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए ।

मन्त्री अधिकारीले आम नागरिकको घर खेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य संकटसमेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप बढी संवेदनशील हुन जरुरी रहेको बताए । उनले भने, 'उन्नत जातका बीउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन, किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ ।'

उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले बीउ बिजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने समेत उल्लेख गरे ।

मन्त्री अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै  बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्रमैत्री रहेको पनि बताए ।
 

ताजा खबर

सम्बन्धित खबर