२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

Nada
२०८१ पुष ११ गते २१:००
Shares
बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं : नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न सरकारले सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

ncell

प्राधिकरणका यस अघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ । भ्रष्टाचार मुद्दा खेपेका सिलवालले ६५ वर्ष पूरा भएर ०८० साउन १५ गते नै स्वतः अवकाश हुनुपर्ने थियो । 

तर, जानी जानी प्राधिकरणको अध्यक्षमा कायम रहिररहेको, उमेर ढाँटेर जन्म मिति हेरफेर गरेको, तीन वर्ष उमेर घटाएर राहदानी लिएको लगायत आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ अनुसार मुद्दा चलाएको हो । अर्थ मन्त्रालयले हाल प्राधिकरण अध्यक्षको जिम्मेवारीमा सहसचिव मदन दाहाललाई दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर