२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

Nada
२०८१ पुष ११ गते १६:१६
Shares
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

काठमाडौंः शेयर बजारको मापक नेप्से परिसूचक बिहीबार ४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

ncell

आज कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज शेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच भएका छन् ।

शेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैंकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।

ताजा खबर

सम्बन्धित खबर