२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन

Nada
२०८१ पुष ८ गते १६:४४
Shares
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन

सिरहाः सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच करोड पाँच लाख ४० हजार राजस्व सङ्कलन गरेको छ । 

ncell

प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा रु चार करोड ८८ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु ९७ लाख ९५ हजार, भदौमा रु  एक करोड सात लाख ७२ हजार, असोजमा रु एक करोड दुई लाख ७६ हजार, कात्तिकमा रु एक करोड चार लाख १७ हजार र मङ्सिरमा रु ९२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु दुई करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा रु दुई करोड ३८ लाख ९३ हजार राजस्व सङ्कलन भएको थियो । 

चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १२ करोड १२ लाख ९२ हजार रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार  कार्यालय रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर