२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढ्यो

Nada
२०८१ पुष ८ गते १५:३२
Shares
नेप्से परिसूचक २८ दशमलव ९१ अंकले बढ्यो

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंक अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ । 

ncell

नेप्सेका अनुसार आज विभिन्न तीन सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर ५५ हजार नौसय ३८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४३ करोड २४ हजार छसय तीनमा कारोबार भएको छ ।

आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नौ दशमलव ९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटाकम्पनीको शेयर मूल्यमा रातो देखिएको छ । 

नेप्सेका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकको तीन दशमलव १६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको दुई दशमलव ३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को एक दशमलव ९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य एक दशमलव ८६ प्रतिशतले ओरालो लागेको छ ।

ताजा खबर

सम्बन्धित खबर