२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता

Nada
२०८१ पुष २ गते ११:५३
Shares
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

ncell

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।​

आईएमईले प्रतिशेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

ताजा खबर

सम्बन्धित खबर