२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गजल

Nada
२०८१ जेठ १९ गते १५:५९
Shares
गजल

– शैलैन्द्र थापा

ncell

नजानेको कुरा जानेको छु भन्छौ
विनाशको कारण बेकारमा बन्छौ ।।

मानाको हो हाम्रो ज्यान मुरी पाउँ
राखेर त्यो इच्छा जता नी बहन्छौ ।।

ममता र सद्भाव कर्तव्यको कुम्लो
बिसाएर कात्रो किन्ने पैसा गन्छौ ।।

समस्याको थुप्रो नजिकै छ तिम्रो
समाधानको खोजी अनेत्रै दौडन्छौ ।।

पन्छिएर टाढा बस्दा हुन्थ्यो उत्तम
कति पर्न पार्न सधैँ खाल्डो खन्छौ ।।

ताजा खबर

सम्बन्धित खबर