२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बालविवाह गर्ने-गराउनेलाई कारबाही गर्ने मन्त्री लेखीको चेतावनी

Nada
प्रेमचन्द्र झा
२०८१ मंसिर ११ गते २१:००
Shares
बालविवाह गर्ने-गराउनेलाई कारबाही गर्ने मन्त्री लेखीको चेतावनी

रौतहट : मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले बालविवाहलाई निरुत्साहित गर्न  सबै सरोकारवालालाई चनाखो भइ लाग्न अनुरोध गरेका छन् ।

ncell

मधेशी आयोगद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका विषयक अन्तरक्रिया तथा प्रतिबद्वता कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री लेखीले बालविवाह गराइ प्रचलित कानुन उल्लंघन गर्नेलाई दण्डित हुन तयार रहन चेतावनी दिए । 

बाल विवाह अन्त्यका लागि यतिका धर्म गुरु तथा सबै सरोकारवाला सहमत भए यसलाई शतप्रतिशत नै मान्ने रोक्ने पक्षमा रहेको उनले विश्वास व्यत गरे । 
संघीयताको विरोध गर्नेलाई चुनौती दिँदै मन्त्री लेखीले भारतमा संघीयता स्थापित हुन ७७ वर्ष लागेको ठाउँमा हाम्रोमा थोरै समयमा सडक र शिक्षाको क्षेत्रमा राम्रो विकास भएको दाबी गरे । 

मधेशी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य सावित्रा कुमारी शर्मा, मधेशी आयोगका सदस्य अधिवक्ता जिवछ साह,प्लान नेपालका ईरसाद अहमद,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका सचिव सोनफी साह, निजान्नद धाम नजरपुरका सन्त १०८ सुरेन्द्र जी महाराज,मौलाना खली कुजमा, लामा धर्मगुरु जगत दोङ्ग, पण्डित वृजमोहन पाण्डे ,उपेन्द्र मिश्र ,लक्षमण झा ,नरेस राज खरेल सहितले बाल विवाह गर्ने गराउने उपर कानुनी कारबाी गरिए मात्रै निरुत्साहित हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको  आरम्भमा नेपालमा बाल विवाहको अवस्थाबारे प्लान नेपालकोतर्फबाट काजल झाले बाल संरक्षणको सवालमा बोल्दै मुलकी अपराध संहिताको १७४मा बालविवाहमा सहभागिलाई तीन वर्ष कैद र तीस हजार जरिवानाको अवस्था रहेको बताए । सो कार्यक्रममा दुई जना बालिकाले बालविवाहमा  कसरी परे तथा बचेको फरक–फरक घटना वृतान्त पीडितले राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर