ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले आठ वटै वडामा गएर १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाको पूर्ण खोप पाए/नपाएको अनुगमन गरेर नपाएका बालबालिकालाई पुनः खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिकाका सबै वडाको अनुगमन गर्दा बालबालिका छुटे, नछुटेको पत्ता लगाएर अनुगमन टोलीले प्रतिवेदन बुझाएपछि गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषण गरिएको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताए ।
प्रमुख भण्डारीका अनुसार १५ महिनादेखि मुनिका २ सय ६ जना र १६ महिनादेखि माथि ५९ महिनाभन्दा मुनिका ५ सय ३७ जना बालबालिकालाई चरण अनुसार खोप दिएर सम्पन्न भएपछि गाउँपालिकाले पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
सिमकोट गाउँपालिकाभित्र वडा नं. १ मा ५० जना, वडा नं. २ मा १ सय ८ जना, वडा नं. ३ मा २१ जना, वडा नं.४ मा ४३ जना, वडा नं.५ र ६ मा १ सय ३० जना र वडा नं. ७ मा १ सय ६७ जना र २ सय २४ जना बालबालिकालाई पूर्ण खोप दिएपछि गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
सरकारले विभिन्न रोगबाट बचाउनका लागि निःशुल्क खोप प्रदान गर्दै आएको हुँदा त्यसलाई सहि सदुपयोग गरेर लगाएको छ कि छैन भनी अनुगमन गरेर बिहीबार पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा भएको गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले बताइन् । त्यस्तै खोज र खोप भन्ने मूल नाराका साथ गाउँपालिकाले ९५ प्रतिशत पूर्ण खोप पाएको प्रतिवेदन निकाल्दै गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरेको गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताए ।
विद्यालयमा भर्ना गर्दा पनि पूर्ण खोपको कार्ड चाहिने भएकाले पनि स्वास्थ्यकर्मीको लगनशीलता रुपमा लागेपछि पूर्ण खोप घोषणा गर्न सम्भावना भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । बिहीबार भएको कार्यक्रम सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाको विशेष आथित्यमा पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रनिनिधिको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies