पुर्ण कुमार/मध्यान्ह
डोल्पा : हिमाली जिल्ला डोल्पामा आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । डाेल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वनमा गत चैतमा आगलागीमा परी ज्यान गुमाएका तीनै जना बालकका परिवारलाई रहात उपलब्ध गराइएकाे जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकरी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय डाेल्पामा रहेकाे दैवीक प्रकोप विपद् काेषमार्फत मृतक बालकका परिवारलाई राहत उपलबध गराइएकाे हाे । आगलागीमा ज्यान गुमाएका बालक सुलस बुढाकाे परिवारलाई दुई लाख रुपैयाँ तथा बिवस बुढा र समन्त बुढाकाे परिवारलाई तीन लाख रुपैयाँ राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए ।
प्रमुख जिल्ला अधिकारी दाहाल र जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरि कृष्ण केसीसहितकाे राहत टाेलीले उनीहरुको गाउँमै पुगेर वडाध्यक्ष रन्जित बुढाकाे उपस्थितिमा राहत वितरण गरेको हो ।
गत चैत २९ गते त्रिपुरासुन्दरी-३ को सुँ सामुदायिक वनमा आगलागीमा परेर घाइते भएका त्रिपुरासुन्दरी-४ रंग गाउँका १० वर्षीय सुलस बुढाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको थियो भने घाइते १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढाकाे उपचारका क्रममा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएकाे थियाे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies