काठमाडौं : सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ ।
सरकारले राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर ढुंगानाको ठाउँमा बुढालाई पठाएको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको थियो ।
अहिले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर ढुंगानालाई चाहिँ प्रधानमन्त्रीको कार्यालय पठाइएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies