प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : समाजसेवी विष्णु कार्की सम्मानित भएका छन् । गुल्मी स्थाीय घर भएका कार्कीलाई रुकुम घुम्न आएका बेला सिर्जनशील युवा क्लबले स्वागत तथा सम्मान गरेको हो ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ७ का दिपेन्द्र खत्री अमेरिकामा दुर्घटनामा परी घाइते भएका थिए । खत्रीको उपचारदेखि सबै लागेको खर्च समाजसेवी कार्कीले व्यहोरेका थिए । खत्रीका लागि उनी अभिभावक बनेर हेरचाहसमेत गरेका थिए । उनले विगत लामो समयदेखि दुःखमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।
सोही कारण क्लबले वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी कार्कीलाई सम्मान गरेको क्लबका सचिव दिपाराम खनालले बताए । बाँफिकोट गाउँपालिका वडा नं ७ का अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठाको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्वगाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजनीति दलका प्रमुख प्रतिनिधि, बाँफिकोट गाउँपालिका वि.व्य.स. अध्यक्ष डिल बहादुर कुसारी, शिक्षक, सरकारवाला तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजसेवी कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मगर, अतिथि सिर्जनशील युवा क्लबका अध्यक्ष हिमालय खत्रीलगायतले सम्मानपत्र, दोसल्ला तथा फूलमाला लगाए सम्मान गरेका थिए । दिपेन्द्र राज कुसारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम क्लबका सचिव खनालले सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies