कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ११ महिनामा १९ अर्ब ७५ करोड ६४ लाख विदेशी लगानीबापत नेपालमा बैंकिङ प्रणाली मार्फत भित्रिएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा उनले विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने व्यवस्था वि.स. २०८० वैशाखदेखि फागुन मसान्तसम्ममा १ सय ९१ वटा लिखित निवेदन दिएर १९ अर्ब ७५ करोड ६४ लाख बराबरको स्वीकृत विदेशी लगानी बैंकिङ प्रणालीमार्फत भित्रिएको बताए ।
यो अवधिमा सेयर स्वामित्व परिवर्तनमार्फत हुने विदेशी लगानी र नेपाल राष्ट्र बैंकको स्वीकृति लिन–पूर्व जानकारी गराउन छुट भएका कम्पनीको विदेशी लगानीको समर्थन बापत ६१ वटा नेपाली उद्योगलाई ४ अर्ब ७६ करोड २१ लाख बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउन स्वीकृति गरिएको पनि उनले बताए ।
गभर्नर अधिकारीको अनुसार यो अवधिमा ९७ वटा नेपाली उद्योग–कम्पनीमा भएको ८ अर्ब १२ करोड ७४ लाख बराबरको विदेशी पुँजीस्वरूप प्राप्त भएको र यो अवधिमा पाँचवटा विदेशी लगानी भएका नेपाली उद्योग–कम्पनीलाई २२ करोड ७५ लाखबराबरको विदेशी ऋण भित्र्याउने स्वीकृति प्रदान गरेको बताए ।
३० पटकमा नेपाली उद्योग कम्पनीमा आएको २१ अर्ब ८७ करोड १९ लाख बराबरको विदेशी ऋण लेखाङ्कन गरिएको छ । यो अवधिमा विदेशी लगानी तथा विदेशी ऋणसँग सम्बन्धित लाभांश लगायतको रकम विदेश फिर्ता लैजानका लागि १५२ वटा निवेदन पेस भएकोमा त्यस बापत २० अर्ब ४९ करोड १५ लाख बराबरको विदेशी मुद्रा सटही स्वीकृति प्रदान गरिएको र विदेशी विनिमय लगानी गर्ने क्रममा उत्पन्न हुने विभिन्न प्रकारका जोखिम न्यूनीकरण गर्नको लागि रिक्स म्यानेजमेन्ट फ्रेमवर्क सन् २०२३ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies