काठमाडौं : डा. आरसी कोइराला 'रामचन्द्र' को निर्देशनमा गायक तथा मोडेल मिराज कोइराला र लोकप्रिय कलाकार तथा मोडेल प्रमिला रिजाल अभिनित म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
आरसी कोइरालाको शब्द रचना, बंगलादेशका एम.ए. रह्मनको संगीत एवम् मिराज कोइरालाको स्वरमा रहेको रोमन्टिक गीत "तिमी मेरो जिन्दगी"को भिडिओमा मिराज प्रमिलालाई रोमान्टिक जोडीको रुपमा फिचरिङ गरिएको छ । भिडियो आर एस फिल्मस 'म्युजिक अफ नेपाल' युट्युब च्यानलबाट बजारमा आएको छ ।
प्रेमीद्वारा प्रेमिकाको वर्णन गरिएको गीतको भिडियो अति नै सुन्दर देश ग्रीसको समुन्द्री तटहमा खिचिएको छ। गीतको भिडियोमा आरसी कोइरालाको निर्देशन, रुपिन डंगोलको छायाँकन एवम् मिलन विश्वाकर्माको सम्पादन रहेको छ । भिडिओ आर एस फिल्मस 'म्युजिक अफ नेपाल'को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । मोडलिङको यात्रामा रहेका मिराज कोइरालाको दर्जन भिडिइो रिलिज भइसकेका छन् भने केही रिलिज हुने क्रममा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies