२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सिरहामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

Nada
प्रदिप सिंह
२०८१ कार्तिक १३ गते १९:०५
Shares
सिरहामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

लहान : सिरहा नगरपालिका-११ स्थित भलुवाहीमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा परी कर्जन्हा नगरपालिका-५ का २० वर्षीय रुपेश महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ncell

प्रहरीका अनुसार सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको प्र ०१-०२-०१ प ०४३४ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण अनियन्त्रित भइ कल्भर्टमा ठोक्किएको थियो । मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका-१ का ३२ वर्षीय प्रदीपकुमार पासवान घाइते भएका छन् ।

घाइते भएका दुवै जनालाई सिरहास्थित प्रादेशिक अस्पताल लगिएकोमा महतोलाई मृत घोषणा गरिएको थियो भने पासवानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर