२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भरुवा बन्दुक बरामद

Nada
दिलमाया शाही
२०८१ कार्तिक १ गते २०:२२
Shares
भरुवा बन्दुक बरामद

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाको सक्रियतामा एकनाले भरुवा बन्दुक बरामद भएको छ । गुठिचौर गाउँपालिका वडा नं.४ बिगारे गाउँस्थित सिमखोली डाँडा तिलाकोट भीरको आडोरमा लुकाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरिएको हो । 

ncell

विशेष सूचनाका आधारमा आडोरमा बेवारिसे अवस्थामा फालिएको भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिएका छन् । उक्त हतियारलाई रितपूर्वक बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक कामतीले  आफु जुम्लामा आएको सात महिनाको अवधिमा एस एल आर २ थान,कटुवा पेस्तोल २ थान,एसएलआरको म्याग्जिन २ थान, एसएलआरको गोली २५ राउण्ड ,चाइनिज सेट ३ थान,आर्मीको कम्ब्याट ड्रेस ५ जोर बरामद गरिएको जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर