२०८१ कार्तिक २४ गते शनिवार / Nov 09 , 2024 , Saturday
२०८१ कार्तिक २४ गते शनिवार

शितगंगामा जनताको सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न आग्रह

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज २१ गते २२:३५
शितगंगामा जनताको सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न आग्रह

अर्घाखाँची : शितगंगा नगरपालिकाका अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले शितगंगा नगरपालिकाको स्थानीय सरकार जनताको घरदैलोमा छ भन्ने सेवाग्राहीलाई महसुस हुनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । 

जिसीले नगरपालिका भनेको जनताको घरदैलोको सरकार भएकाले सोही अनुसार जनतालाई महसुस  हुने गरी  मुस्कानसहितको सहज सरल गुणस्तरीय सेवा सेवाग्राहीलाई उपलब्ध गराउन कर्मचारीहरुलाई आग्रह गरे । 

नवलपरासीको सुनवल नगरपालिकाबाट सरुवा भइ शितगंगा नगरपालिकामा हाजिर भइ कामकाज शुरु गरेका प्रमुख प्रशासकीय अधिकृत  जिसीले  शितगंगा नगरपालिकाका विषयगत शाखा प्रमुख, कर्मचारी, वडा कार्यालयका सचिव, कर्मचारीहरु, प्राविधिक इन्जिनियरहरु तथा  मातहतका सबै कार्यालयहरुका कर्मचारीहरुलाई उनले  मुस्कानसहितको सरल सहज सेवा दिन र सेवाग्राहीको कुनै गुनासो नआउने गरी सेवा प्रवाह गर्न नगरदेखि वडासम्मका कर्मचारीलाई आग्रह गरे । 

प्रमुख प्रशासकीय अधिकृत जिसीले वडा कार्यालयबाट हुने सेवालाई तुरुस्त दुरुस्त बनाइ सेवाग्राहीको मन जित्ने  गरी काम गर्नु कर्मचारीको दायित्व भएको बताउँदै उनले  वडाबाट दिइने सेवामध्ये  व्यवसाय दर्ता नविकरण, नागरिकता  सिफासिर, विवाह दर्ता, मृत्यु दर्ता, जेष्ठ नागरिक, परिचयपत्र विभिन्न खालका सिफारिस लगायत वडाबाट दिइने सबै सुविधा  छिटोछरितो सेवा दिन कर्मचारीलाई  अनुरोध गरे । प्रमुख प्रशासकीय अधिकृत जिसीले शितगंगा नगरपालिकामा आफु हाजिर भएपछि नगरपालिकाभित्रको दैनिक प्रशासनिक कामको सुधार मुस्कानसहितको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise