२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

सन्धिखर्क नगरपालिकाद्वारा सुपादेउराली आसपासमा बजार अनुगमन

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज २१ गते २२:३३
Shares
सन्धिखर्क नगरपालिकाद्वारा सुपादेउराली आसपासमा बजार अनुगमन

सन्धिखर्क : सन्धिखर्क नगरपालिका अर्घाखाँचीले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल  सुपादेउराली मन्दिर आसपास  तथा नरपानी क्षेत्रमा  बजार तथा निर्माणाधिन आयोजनाहरुको संयुक्त अनुगमन शुरु गरेको छ ।  

ncell

नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यको नेतृत्वमा गएको अनुगमन टोलीले सुपादेउराली मन्दिर आसपासमा रहेका होटलहरुमा म्याद गुज्रिएका पेय पदार्थहरु तथा डाल्डा घ्यू,  तेल, पूजा सामग्री पसलहरुमा राखिएका मिठाइहरु म्याद गुज्रिएको भेटिएकोले उक्त म्याद नाघेका सामानहरुलाई स्थानीय  छरछिमेकीहरुको रोहवरमा नस्ट  गरिएको हो । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालका अनुसार नगरपालिका क्षेत्रभित्र कालोबजारी गर्ने, म्याद नाघेका सामान आगामी दिनमा बेचेको  भेटिए जरिवाना गर्ने, पसल दर्ता खारेज गर्ने समेत चेतावनी दिइएको छ ।

अर्घाखाँचीको सुपादेउराली मन्दिरमा आउने भक्तजनहरुलाई स्थानीय फोटो ग्राफरहरुले गाडीबाट झर्न नपाउँदै आफूतिर ल्याउन खोज्ने, एकै पटकमा  धेरै व्यापारी झुम्मिने  गर्दा यात्रुहरुलाई समेत समस्या पुगेको र त्यस्तो  गतिविधिलाई तुरुन्त बन्द गर्न फोटोग्राफ व्यवसायी सञ्चालकहरुलाई समेत निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

अनुगमन टोलीले सुपादेउराली मन्दिर नजिकै बन्न लागेको धर्मशाला भवन पर्यटन पूर्वाधार अन्तर निर्माणधिन संरचना तथा नरपानीमा सञ्चालित बहुवर्षीय पर्यटकीय गङ्गा सरोवरको समेत निरीक्षण गरेको भुसालले बताए  ।

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलिमा  प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख दुर्गा  न्यौपाने, सन्धिखर्क नगरपालिका राजस्व शाखा प्रमुख मुक्तिराम खनाल, योजना शाखा प्रमुख दिलिप कुमार केसी, इन्जिनियर प्रमोद केसी कार्यपालिका सदस्य लिला भुसाल, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका नायब सुब्बा प्रतीक पराजुली, नरपानी प्रहरी चौकीका प्रमुख  प्रहरी सहायक  निरीक्षक अर्जुन बस्नेत, चेम्बर अफ कमर्श अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ, अर्घाखाँची उद्योग वाणिज्य संघका कोषाअध्यक्ष रुद्र श्रेष्ठ नगरपालिकाका कर्मचारीहरु, मान बहादुर खनाल, नारायण पौडेल, दिपक आचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, पत्रकार महासघ   जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थितिमा अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खबर