२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ताला फुटाएर हाजिर भएका उपसचिवमाथि कारबाहीको माग

Nada
प्रेमचन्द्र झा
२०८१ जेठ ३१ गते २२:३७
Shares
ताला फुटाएर हाजिर भएका उपसचिवमाथि कारबाहीको माग

रौतहट : फतुवा विजयपुर नगर पालिकामा ताला फुटाएर हाजिर भएका उपसचिव सुरेन्द्र प्रधान उपर कारबाही  गर्न कार्यवाहक नगर प्रमुख अम्वेया खातुनले माग गरेकी छन् । नगरपालिकामा गलत मनसायले पटक–पटक आउन खोज्नेलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर अनुरोध गरेको नगर प्रमुख खातुतले बताइन् । 

ncell

सधैँ र सबै विवादबाट अलग हुन लागेका नगरको आर्थिक, प्रशासनिक, कानूनी तथा  राजनीतिक रुपले पारदर्शी रुपमा काम गरिरहेपनि गलत नियतले पटक–पटक प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधानलाई नपठाउन  सामान्य प्रशासन तथा संघीय मन्त्रीलाई  आग्रह गरेको उनले बताइन् ।

फतुवा विजयपुर नगर पालिकाका नगर प्रमुख नदीजन्य पदार्थको बिक्री वितरण मुद्दामा परी निलम्बन परेपछि विवादलाई मिलाएर काम गरिरहेका छन् । 

मन्त्रालयको निर्णय अनुसार आफु थप जिम्मेवारी वहन गर्न  आफ्नो कार्यालय पगेर हाजिर गर्नु कुनै ठूलो अपराध गरेको जस्तो आफुलाई नलागेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र भण्डारीले प्रतिक्रिया दिएका छन् । 

नगर प्रमुख खातुनसँगै आफु प्रमुख जिल्ला अधिकारी रेग्मीलाई भेटेको अर्का प्रमुख प्रशासकीय अधिकृत वकिल पालले बताए ।

ताजा खबर

सम्बन्धित खबर