२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अपांगता भएका व्यक्तिलाई सेवा सुविधा दिन कुनै कसर बाँकी राख्दिनँ : नगर प्रमुख यादव

Nada
प्रेमचन्द्र झा
२०८१ भदौ २७ गते २२:१७
Shares
अपांगता भएका व्यक्तिलाई सेवा सुविधा दिन कुनै कसर बाँकी राख्दिनँ : नगर प्रमुख यादव

रौतहट : अपांगता भएका व्यक्तिहरुलाई स्थानीय स्तरबाट सेवा सुविधा दिन समस्या भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

ncell

अविलिस फाउण्डेसन फिनल्याडको सहयोगमा भकभके संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादवले आफुले नगरका अपांग भएका व्यक्तिलाई सहज, सरल रुपमा सेवा प्रदान गरेको बताए ।

अपांगता भएका व्यक्तिलाई दिएको सुविधा बारे अख्तियारमा उजुरी पर्न थालेपछि सुविधा दिन समस्या हुने बताउँदै आगामी दिनमा पनि आम जनसमुदाय तथा अपांगता भएका व्यक्तिलाई सेवा प्रवाहमा या सुविधा दिन कुनै कसर बाँकी नराख्ने नगर प्रमुख यादवले बताए । 

सो कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा झाले अपांगता भएका  व्यक्तिहरुले सामना गरेको सामाजिक विभेदप्रतिको संवेदनशीलता विषयमा मन्तव्य राखेका थिए ।

भकभके संघका अध्यक्ष रविन कुमार मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका महासचिव शंकर प्रसाद गौतमले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भकभकेको अवस्था विश्लेषण गरेका थिए । वंशानुगत,मनोवैज्ञानिक सामाजिक वा वातावरणीय दबाबले भकभके हुने गरेको महासचिव गौतमले बताए ।

सो अवसरमा नगरपालिकाका वडा अध्यक्ष विश्वनाथ साह,विजय शंकर यादव र महिन्द्र दासको उपस्थिति रहेको थियो । भकभके संघले रौतहट, सप्तरी, धनुषा, उदयपुर, पर्सा, सर्लाहीलगायतका जिल्लाका ४ हजार भकभकेलाई सेवा दिएको छ । 

ताजा खबर

सम्बन्धित खबर