२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बेसिशहरमा नियमविपरीत पसल सञ्चालन

Nada
जनक श्रेष्ठ
२०८१ भदौ १२ गते २२:१८
Shares
बेसिशहरमा नियमविपरीत पसल सञ्चालन

लमजुङ : लमजुङ बेसिशहर नगरपालिकामा रहेको अधिकांश किराना, मासु पसल तथा विद्यालय क्यान्टिन नियम विपरीत सञ्चालनमा रहेका छन् । 

ncell

बजार अनुगमन टोलीले बुधबार नगरपालिकाको वडा ८ भित्र रहेको अर्थली बोर्डिङ स्कूलदेखि बुद्ध मेमोरियल बोडिङ्ग स्कूल चोकसम्मका १६ वटा विभिन्न पसलमा गरिएको बजार अनुगमनको क्रममा अधिकांश पसल नियम विपरीत सञ्चालनमा रहेको भेटिएको हो । 

उद्योग तथा पर्यटन विकास कार्यालय प्रमुख मिताकुमारी थापा, बजार अनुगमन टोली सदस्य सुशीला श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भारत विष्ट, सञ्चारकर्मी, नेपाली प्रहरी लगायतको टोलीले गरेको अनुगमनमा अर्थली बोर्डिङ स्कुल, बुद्ध मेमोरियल बोडिङ्गमा सञ्चालित क्यान्टिनसहित ८ वटा पसल दर्ता बिना सञ्चालनमा रहेको भेटिएको छ । त्यस्तै अन्य पसलमा म्याद गुज्रिएका सामग्री, विद्यालयबाट २०० मिटर नजिक पिय पदार्थ, चुरोट, गुड्का लगायतका सामग्री भेटिएको उद्योग कार्यालय प्रमुख थापाले बताए । 

सो टोलीले ७ वटा पसललाई कारबाही स्वरूप जरीवाना गरेको उनको भनाइ छ । उनका अनुसार एक हजारदेखि ५ हजारसम्म गरिएको कारबाहीबाट १३ हजार बराबरको रसिद काटिएको छ । 

बजार अनुगमन टोली तथा बेसिशहर नगरपालिकाले व्यवसायीहरुलाई पटक–पटक सचेत गराउँदै आएपनि बेवास्ता गर्दा अधिकांश पसल नियम विपरीत सञ्चालनमा रहेको पाइएको अनुगमन टोली सदस्य सुशीला श्रेष्ठले बताए । पटक–पटक नियम अनुसार व्यापार गर्न  सम्बन्धित निकायले अनुरोध गर्दै आएपनि उनीहरूले बेवास्ता गर्दा नियम अनुसार पसल सञ्चालन गराउन चुनौती बन्दै गएको छ । नियम विपरीत पसल सञ्चालन गर्नेहरुलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

uae

सम्बन्धित खबर