२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

कतारमा बागलुङ सेवा समाजद्वारा दसैँको टीका तथा जमरा ग्रहण

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक ६ गते २१:४८
Shares
कतारमा बागलुङ सेवा समाजद्वारा दसैँको टीका तथा जमरा ग्रहण

दोहा, कतार - बागलुङ सेवा समाज कतारले नेपालीहरूको महान् पर्व बडादसैँका अवसरमा विजया दशमीको टीका तथा जमरा ग्रहण कार्यक्रम आयोजना गरेको छ । रोजगारी तथा विभिन्न सिलसिलामा कतारमा बसोबास गर्दै आएका बागलुङवासी नेपालीहरू सहभागी कार्यक्रममा टीका तथा जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरिएको थियो ।

ncell

परदेशको व्यस्त जीवनबीच आयोजित कार्यक्रमले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउन सहयोग पुर्‍याएको समाजले जनाएको छ । यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई जन्मभूमि, भाषा, संस्कृति र परम्परासँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय समाजले कतारमा रहेका बागलुङवासी नेपालीका सुखदुःखमा साथ दिँदै विभिन्न समस्या र अप्ठ्यारामा आवश्यक सहयोग तथा सहकार्यका लागि पहल गर्दै आएको छ । समाजका गतिविधिले प्रवासमा रहेका नेपालीबीच आपसी सहयोग र सामूहिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न मद्दत पुगेको छ ।

समाजका अध्यक्ष टेक विश्वकर्माले नेपाली चाडपर्व सामूहिक रूपमा मनाउँदा नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्पराबारे परिचित गराउन सहयोग पुग्ने बताए । उनले परदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले प्रवासी नेपालीलाई आफ्नो संस्कृतिसँग जोड्नुका साथै आपसी सद्भाव र भाइचाराको सम्बन्ध थप प्रगाढ बनाउने उल्लेख गरे ।

नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सेवामा सक्रिय समाजले आगामी दिनमा पनि कतारमा रहेका बागलुङवासीबीच एकता, सहकार्य र आत्मीयता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर