२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ? : सांसद खतिवडा

Nada
२०८३ भदौ २४ गते १४:३१
Shares
सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ? : सांसद खतिवडा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छन् ।

ncell

प्रतिनिधिसभा बैठकमा बोल्दै जेनजी सहिद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखाएको गुनासो गरिन् । उनले सहिद परिवार र घाइते परिवारलाई भेट्न तथा उनीहरूको माग सम्बोधन गर्न सरकारलाई अझै कति समय लाग्ने हो भन्दै प्रश्न गरिन् ।

उनले जेनजी सहिद स्मृति दिवसमा प्रधानमन्त्रीलाई आउन आग्रह गर्दा बल्ल बेलुकी ७ बजे मात्र एउटा सामान्य सामाजिक सञ्जाल स्टाटस आएको बताइन् । उनले ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’ भन्दै प्रश्न गरिन् ।

त्यस्तै, उनले सहिद परिवार र घाइते परिवारलाई भेट्न सरकारलाई अब कति वर्ष लाग्छ? भन्दै अर्को प्रश्न समेत गरिन् ।

ताजा खबर

सम्बन्धित खबर