२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण

Nada
२०८३ भदौ २३ गते २०:४९
Shares
बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

ncell

नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सहयोग गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इन्क (बिवाइडी)का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजीपलका तर्फबाट उत्सव कार्की सहभागी थिए ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् ।

उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट तथा विपद्का समयमा नाइमा सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।

ताजा खबर

सम्बन्धित खबर