२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

मनकामना केबलकारका कर्मचारीद्वारा ३ लाख बढी सहयोग

Nada
२०८३ भदौ २३ गते २०:२७
Shares
मनकामना केबलकारका कर्मचारीद्वारा ३ लाख बढी सहयोग

काठमाडौं : भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।

ncell

कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन् ।

कर्मचारीहरूको तर्फबाट संकलित कुल ३ लाख ११ हजार २२२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम योगदान गरेको जनाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर