२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

Nada
२०८३ भदौ २३ गते १४:४५
Shares
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

काठमाडौँ  : भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन् ।

ncell

घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो ।

सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन् ।

उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएका छन् । साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ ।

स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ । दोषी ठहरिएकामाथि कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर