२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

बाढीपीडितलाई जमिअत ओलमा–ए–नेपालको दोस्रो खेपको राहत वितरण

Nada
इसत्याक अहमद
२०८३ भदौ २३ गते १४:०२
Shares
बाढीपीडितलाई जमिअत ओलमा–ए–नेपालको दोस्रो खेपको राहत वितरण

नुवाकोट : जमिअत ओलमा–ए–नेपालले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि राहत सामग्री वितरणको अभियानलाई निरन्तरता दिँदै दोस्रो खेपको राहत वितरण गरेको छ ।

ncell

अभियानअन्तर्गत सोमबार यल्लो गुम्बा क्षेत्रमा करिब ३०० थान कपडा वितरण गरिएको जमिअतले जनाएको छ । वितरित राहत सामग्रीमा जिन्सलगायत महिलाहरूका लागि आवश्यक विभिन्न प्रकारका कपडाहरू समेत रहेका छन् ।

जमिअत ओलमा–ए–नेपालका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मौलाना खालिद सिद्दिकीले विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत र सहयोग पुर्‍याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको बताए ।

उनले भने, 'बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारहरूलाई केही राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले जमिअतले यो अभियान सञ्चालन गरेको हो । विपद्को यस कठिन समयमा पीडित परिवारहरूको साथमा उभिनु हाम्रो सामाजिक तथा मानवीय जिम्मेवारी हो ।'

No description available.

सिद्दिकीले राहत वितरणलाई आगामी दिनमा पनि आवश्यकताअनुसार निरन्तरता दिइने बताए । 'प्रभावित परिवारहरूको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा पनि जमिअतका तर्फबाट आवश्यक सहयोग गर्ने प्रयास जारी रहनेछ,' उनले भने ।

उनका अनुसार विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउनु केवल सहयोगको विषय नभई मानवीय दायित्वसमेत हो । राहत तथा मानवीय सेवामा सहयोग गर्ने सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै उनले यस्ता सेवा कार्यमा निरन्तर सहयोगका लागि आग्रह गरे ।

'मानव सेवाभन्दा ठुलो सेवा अरू केही छैन । यस मानवीय सेवामा सहभागी सम्पूर्ण सहयोगी हातहरूलाई अल्लाहले उत्तम प्रतिफल प्रदान गरून्,” अध्यक्ष सिद्दिकीले भने ।

uae

ताजा खबर

सम्बन्धित खबर