२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

बाढीबाट प्रभावितका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १ करोड १ लाख सहयोग

Nada
२०८३ भदौ २२ गते २०:४१
Shares
बाढीबाट प्रभावितका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १ करोड १ लाख सहयोग

काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालले १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ncell

उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी सहनिर्देशक ब्रह्माकुमारी किरण दिदीको नेतृत्वमा सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्याङ्जा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य धनन्जय रेग्मी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष, केन्द्रका सक्रिय सदस्य एवं समाजसेवी दिलप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।

सहयोग रकम ब्रह्माकुमारी ब्रह्मकुमारहरू र योग साधकहरूको तर्फबाट जम्मा गरिएको केन्द्रले जानकारी दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माण कार्य तीव्र पार्न विभिन्न संघ–संस्थाबाट सहयोग आउने क्रम जारी रहेको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर