२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

तत्काल राजदूत नियुक्त गर्न मलेसियाका नेपाली श्रमिकको माग

Nada
२०८३ भदौ २२ गते ०६:१५
Shares
तत्काल राजदूत नियुक्त गर्न मलेसियाका नेपाली श्रमिकको माग

क्वालालम्पुर : मलेसियामा रहेका नेपाली श्रमिक तथा व्यवसायीहरूले नेपाली श्रमिकका समस्या समाधान गर्न र तत्काल राजदूत नियुक्ति गर्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको ध्यानाकर्षण गराएका छन् ।

ncell

एसिया–प्यासिफिक तथा सेन्ट्रल एसियाका ३० देशका सांसद सहभागी एएफपिपिडीअन्तर्गतको सम्मेलनमा भाग लिन आएकी सांसद डा. कार्कीसँग रास्वपाको प्रवास शाखा मलेसियाले अन्तरक्रिया आयोजना गरेको थियो ।

छलफलमा मलेसियामा सुरक्षागार्डसहित अन्य क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या, गुनासा, नेपाली दूतावासको भूमिका र लामो समयदेखि राजदूत नियुक्ति नभएको अवस्थामा देखिएका समस्याबारे प्रश्नहरू उठेका थिए ।

विशेषगरी मलेसियामा कार्यरत नेपाली सेक्युरिटी गार्डहरूले अत्यधिक समय काम गर्नुपर्ने, तोकिएको तलब नपाउने लगायत लामो समयदेखि भोगिरहेका समस्याबारे डा. कार्कीलाई जानकारी गराइएको बताइएको छ ।

छलफलमा सांसद डा. कार्कीले नेपाली श्रमिकका गुनासा र राजदूत नियुक्तिको विषयलाई गम्भीरताका साथ लिएको भन्दै सम्बन्धित निकाय तथा संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

मलेसियामा सेक्युरिटी गार्डहरूले तोकिएको न्यूनतम मासिक १७ सय रिंगेट नपाउँदा कम्पनी छाड्ने र ‘इलिगल’ बन्ने क्रम समस्याका रूपमा देखिएको छ ।

नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्नुअघि नेपाली श्रमिकले न्यूनतम तलब बैंक खातामा पाए–नपाएको हेर्ने र नपाएको भए मागपत्र प्रमाणीकरण नगर्ने नीतिलाई कडाइका साथ अघि बढाएको बताएको छ । तर, सेक्युरिटी गार्डहरूले न्यूनतम तलब नपाएको गुनासो गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर