२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख रुपैयाँ राहत सहयोग

Nada
२०८३ भदौ १८ गते २१:३०
Shares
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख रुपैयाँ राहत सहयोग

काठमाडौं : बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ सहयोग गरेको छ ।

ncell

सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप कर्पोरेसनको तर्फबाट ५० लाख रुपैयाँ र कर्मचारीहरूको तलबबाट कट्टा गरिएको १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ राहत तथा सहयोग गरेको हो । 

विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थालाई मध्यनजर गर्दै उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तारण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको आपूर्ति गरिरहेको समेत जनाएको छ । प्राकृतिक विपद्को यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यमा कर्पोरेसनले ऐक्यबद्धता जनाएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर