
काडमाडौं : इलेक्ट्रिक मोबिलिटी प्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ । एथर नेपालको नेपालका लागि अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्राइभेटले धरान – १, छाता चोकमा कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ एथर अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो ।
बुधबार औपचारिक रूपमा अनुभव केन्द्र उद्घाटन गरिएसँगै नेपालमा एथरको अनुभव केन्द्रको संख्या १३ पुगेको छ । धरान अनुभव केन्द्रमा ग्राहकले एथरको लोकप्रिय ४५० सिरिज बुझ्न र टेस्ट राइड गर्न सक्नेछन् । ४५० ले पर्फर्मेन्स मात्र नभई टेक्नोलोजी र राइडिङ एक्सपिरियन्स लाई पनि नयाँ स्तरमा लैजाने उद्देश्य राखिएको छ ।