२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

आरती भोग परिवारको सहयोग जारी

Nada
२०८३ भदौ १७ गते १२:३८
Shares
आरती भोग परिवारको सहयोग जारी

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूका लागि आरती भोग परिवारले आफ्नो सहयोग जारी राखेको छ । परिवारकी अध्यक्ष डा. बिनु बाबा अर्यालको अध्यक्षतामा बसेको बैठकले प्रभावित तथा कठिन स्थानमा राहत सामग्री पठाउने निर्णय गरेको छ ।

ncell

उक्त कार्यका लागि डा. अर्यालबाट ५ लाख ६० हजार, निरु कार्कीबाट ३ लाख २० हजार, रिता ढुंगेलबाट १६ हजार ५ सय, दीपक थापाबाट २५ हजार ५५५, निरु दाहालबाट २४ हजार ८०० तथा अन्य सहयोगीहरूबाट ४५ हजार बराबरको सहयोग सामग्री र नगद प्राप्त भएको महासचिव मोहन कुमार ढुंगेलले जानकारी दिए ।

९ लाख ९१ हजार ८५५ बराबरको राहत सामग्री तयार गरी आरती भोग परिवारको कार्यालय बासवारीबाट हेलिकप्टरमार्फत पठाउने तयारी रहेको महासचिव ढुंगेलले जानकारी दिए ।

मानवीय सहयोग अभियानअन्तर्गत खाद्यान्न, कपडा, औषधि, प्याड, हर्लिक्स, लिटो, तेल, मसला, चाउचाउलगायत दैनिक आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाउने पहल भइरहेको छ ।

विपद्को घडीमा उदार मनले सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै दुःखमा साथ दिनु, पीडामा हात थाम्नु र आवश्यक पर्दा सहयोगको हात बढाउनु नै सच्चा मानवता भएको पनि महासचिव ढुंगेलले बताए ।

uae

सम्बन्धित खबर