२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल

Nada
२०८३ भदौ १६ गते १२:०२
Shares
भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले यही भदौ १० गते भोटेकोशी मा आएको बाढीपश्चात ती नदीमा पानीको बहाव तल रहेतापनि सतर्कता अपाउन भनेको हो । 

ncell

बाढी पूवार्नुमान महाशाखाद्वारा  आज यहाँ जारी बाढी पूर्वानुमान बुलेटिनमा  ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ । 

त्यसैगरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा  जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को उच्च सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर