२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति घोषणा, अध्यक्षमा रामसुन्दर बके

Nada
२०८३ साउन ९ गते २१:४५
Shares
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति घोषणा, अध्यक्षमा रामसुन्दर बके

काठमाडौं : होटल संघ नेपाल (हान) बागमती प्रदेशले होटल तथा आतिथ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन  बागमती प्रदेश तदर्थ समिति गठन गरेको छ ।

ncell

तदर्थ समितिको अध्यक्षमा रामसुन्दर बके, उपाध्यक्षमा नेत्रजंग थापा, महासचिवमा शिवराज दुवाडी, कोषाध्यक्षमा लीना खड्का र सदस्यहरुमा समीर लामा, राजाराम सिलवाल, विनोद जिरेल चयन भएका हुन् । यस्तै समितिको सल्लाहकारहरुमा घनश्याम श्रेष्ठ, ज्ञानेन्द्र बिष्ट, प्रेमकान्त श्रेष्ठ र सत्यराम सुवाल रहेका छन् । सबै भन्दा धेरै पर्यटन आगमन बढी बाग्मती प्रदेशहरूलाई प्राथमिकतामा राख्दै संस्थाको संगठन विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश समिति गठन गरेको जनाएको छ । 

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिलाई सम्मान गरेको हो । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यका साथ मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताए । उनले नेपाल पर्यटक क्षेत्रको विकासको लागि सरकार र निजी क्षेत्र एक भएर अगाडी बढ्न आवश्यक रहेको बताए ।

होटल एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष प्रवीणबहादुर पाण्डेले प्रदेशस्तरमा संगठन विस्तारले होटल व्यवसायलाई थप व्यवस्थित बनाउन, सेवा गुणस्तर अभिवृद्धि गर्न तथा नेपालको पर्यटन उद्योगलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका हुने बताए ।  उनले काठमाडौं र ललितपुरमा एसोसिएसनका क्षेत्रीय कार्यालय स्थापना गर्ने तयारी भइरहेको तथा होटल तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधनका लागि संघीय सरकारसँग छलफल अघि बढेको उल्लेख गरे । 

होटल एसोसिएसन नेपाल बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा चयन भएपछि पर्यटन तथा होटल व्यवसायी रामसुन्दर बकेले बागमती प्रदेशका होटल व्यवसायीहरूको साझा समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले कानुनी रूपमा सञ्चालन भएका होटलहरूको प्रवर्धन, व्यवसायीका हकहितको संरक्षण, नीति सुधार र पर्यटनमैत्री वातावरण निर्माणका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाए । पर्यटन उद्योगलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्न नवीन सोच, प्रविधिको अधिकतम प्रयोग र व्यवसायीको मनोबल बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए । 

प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यावसायिक हित संरक्षण तथा संघको सुदृढीकरणमा बकेको नेतृत्वले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यवसायीले गरेका छन् । 

सम्बन्धित खबर