२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

Nada
२०८३ साउन ९ गते १७:३५
Shares
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

ncell

कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखे । र, पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए । कँडेल ०८० चैत्र अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका उनी ०८१ साउनदेखि काङ्ग्रेससँगको गठबन्धनमा थिए । 

सम्बन्धित खबर