२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

अर्घाखाँचीमा ट्राफिक कारबाहीबाट ४६ लाखभन्दा बढी राजस्व संकलन

Nada
शोभाखर पन्थी
२०८३ साउन ७ गते २१:४६
Shares
अर्घाखाँचीमा ट्राफिक कारबाहीबाट ४६ लाखभन्दा बढी राजस्व संकलन

अर्घाखाँची : जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८२र८३ मा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय ४३ वटा सवारीसाधनलाई कारबाही गर्दै ४६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

ncell

कार्यालयका अनुसार ट्रक, बस, जिप–कार, ट्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरिएको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी ट्रक कारबाहीमा परेका छन् । १ हजार ६ सय २३ वटा ट्रकबाट २९ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, ७ सय ७३ वटा जिप–कारबाट ८ लाख ५२ हजार ५ सय रुपैयाँ, ४ सय ६९ वटा मोटरसाइकलबाट ४ लाख ७९ हजार रुपैयाँ, १ सय ६९ वटा बसबाट २ लाख ५५ हजार रुपैयाँ, ८५ वटा ट्याक्टरबाट ७० हजार रुपैयाँ तथा २४ वटा अन्य सवारीसाधनबाट २५ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लिलबहादुर कुँवरले जानकारी दिए ।

कार्यालयले ट्राफिक कारबाहीसँगै सडक सुरक्षा र ट्राफिक सचेतनालाई पनि प्राथमिकतामा राखेको जनाएको छ । जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, सवारी चालक, सहचालक तथा सर्वसाधारणलाई लक्षित गरी नियमित रूपमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयको भनाइ छ । यस्ता कार्यक्रमले सडक प्रयोगकर्तामा ट्राफिक नियम पालना गर्ने संस्कार विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

कार्यालय प्रमुख कुँवरका अनुसार नियमित अनुगमन, चेकजाँच र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गरिएकै कारण जिल्लामा सवारी दुर्घटनाको सङ्ख्यामा क्रमिक रूपमा कमी आउन थालेको छ । चालकहरूमा हेल्मेट र सिटबेल्टको प्रयोग, आवश्यक कागजात साथमा राख्ने तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा पनि सचेतना बढ्दै गएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद मरासिनीले ट्राफिक नियम पालना गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सुरक्षित यात्राका लागि चालक, यात्रु र पैदलयात्री सबैले नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम, चालक अभिमुखीकरण तथा सडक सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर